जन्म त लिएकै थियौ सुन्दर शान्त देशमा
समृद्धि र बिकास भाषणमै रहयो शेषमा
जनताले जनताकोनिम्ति चुन्ने ब्यबस्था रे
लुटतन्त्र नै हाबी भो लोकतन्त्रको भेषमा
अशक्तकै हातमा पर्ने किन बाघडोर सधैं
सक्षमहरु टिक्नै गार्हो खुट्टा खिच्ने रेशमा
देशलाई समृद्धि र प्रगतिमा पुर्याउने भनि
हिड्दैछन् बुढापाका कालो दल्दै केशमा
यथार्थमै बिकास चाहनेहरुको भन्दापनि
बोल्नेको पिठो बिक्ने यहाँको परिवेशमा
माधव अधिकारी