जेठ १४ अर्थमन्त्री डा. युवराज खतिवडाले आज बिहीबार अपराह्न ४ बजे सरकारको बजेट पेश गर्ने हुनुभएको छ । आज बिहीबार खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको हो। नेपालको संविधान बमोजिम हरेक वर्षको जेठ १५ गते आउने आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्ने व्यवस्था रहेको छ। संयुक्त बैठकपछि आज साँझ ६ बजे देखि प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ।