eNepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

आङदावा शेर्पा
जेठ १४- सुश्मा मल्ल! तिमी उपर यो समाजको दुई थरी बुझाई छ। या त तिमीले मायाको नाटक रची एउटा निर्दोष दुखी आमाको छोरा र एक नेपाली आमाको होनहार सपूतको हत्या प्रकरणमा शुरुदेखि नै संलग्न छ्यौ भन्ने गम्भीर आरोप छ।अर्को तिमीले नवराजको जातसित हैन उसको हर काबिलियत र सच्चा माया देखेर उसित प्रेम गर्‍यौ। तर यो ढोंगी समाजको कथित सामाजिक मुल्यमान्यताले तिम्रो भावना र प्रेमी मात्र हैन मानवता भन्ने चीजकै हत्या गरीदियो र त्यो बिभत्स हत्याको साक्षी बन्न बिवस भयौ भन्ने सहानुभूति छ। आरोप सत्य हो भने तिम्रो षड्यन्त्रपूर्ण प्रेमजालको फल त भोग्नै पर्छ। कसैले केही समयलाई जोगाई हाले पनि नवराजको आत्माले त्यो सजाय दिनेनै छ। आजिवन तड्पिने छौ बुझीराख! तर यदि तिमीले साचो माया गरेकै हौ भने “भगाएर लैजान लिन आउनु” भन्नू त नादानी त भयो नै। यो सबैको लागि अति महँगो साबित भयो। अब यो समाजलाई बदल्न र एक्काईसौ शताब्दीमा पनि देशकै बद्नाम हुने गरी जरा गाडिएको यो जातीय भेदभाव र छुवाछूतलाई सधैंको लागि अन्त्य गर्न तिमीले चाहेमा अगुवाइ गर्न सक्छौ र तिम्रो मुटुको कुनामा सजाएको नवराज जस्ता कसैको यो दुर्दशा नहोस् भनेर सोचून भन्ने मेरो सुझाब हो ! त्यसैले कसैको दवाव र आग्रहमा नपरीकन, आफ्नो आत्मालाई नढाँटीकन घटनाको सत्यतथ्य बाहिर ल्याउने काममा तिम्रो इमान्दारीता नाप्न र जोख्न यति बेला सिङ्गो देश मात्र हैन संसार भरका मानवाधिकारवादीले चासोका साथ हेरिरहेको छ। यो दर्द्नाक तथा लज्जास्पद घटना हुदाहुदै पनि सबैको लागि यो सुनौलो अवसर पनि हो जसमा टेकेर सधैंको लागि यो भेदभाव र छुवाछूत हुर्काउने तमाम सोंच र संस्कारलाई परिवर्तन गर्न गराउन सक्छौं। कुनै अर्को समुदायले औल्याउनु भन्दा आफुलाई माथिल्लो जाति मान्नेहरुले चाहिँ अरुले नमाने पनि सधैं लादिरहनुमा कुनै बैज्ञानिक सत्यता र जैविक आधार नभएकोले यो अहंकार र सामाजिक द्वेष फैलाउने गलत मान्यता मात्र हो भन्ने कुरा अब ति देश हाँक्ने शासक बर्ग, बिद्या बाड्ने गुरुबर्ग, जान्ने बुझ्ने भनाउँदा शिक्षित परिवार र दक्षिणा र सेवाको रमाउने र भ्रमको खेती र कुसंस्कार टिकाई राख्ने महँगा पण्डितहरुलाई पाठ सिकाउने अवसर र जिम्मेवारी तिम्रो काँधमा आएकोछ। हिम्मत गर्छौ भने परिवर्तनकामी सिङ्गो समाजले साथ दिनेछ। र बल्ल समाज रुपान्तरणको नाराले सार्थकता पाउँनेछ। अनि तिम्रो नवराजको भौतिक साथ नपाए पनि उसको माया सधैं तिम्रो साथ हुनेछ र नवराजको आत्माले शान्ति पाउनेछ!

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349