The post यी राशि हुने युवती हुन्छन् भाग्यशाली, पाउँछन् धनि र बुद्धिमान श्रीमान् appeared first on eNepal.
]]>
धेरै मानिसहरुले ज्योतिष शास्त्रमा बिश्वास गर्ने गर्छन् । ज्योतिष शास्त्रमा पनि कुण्डली अनुसार नै उसको भविष्य कस्तो हुन्छ भनेर हेर्ने गरिन्छ । ज्योतिष शास्त्रमा कुण्डलीमा ग्रहको प्रभाव कस्तो छ सो हेरेर नै मानिसहरुको भविष्य हेर्ने गरिएको छ । त्यस्तै ज्योतिष शास्त्र कस्ता युवतीले धनि पति पाउछन् भन्ने बारे पनि बताइएको छ ।
ज्योतिष शास्त्रमा बताए अनुसार धेरैजसो युवतीले धनि पति पाउने गर्छन् । ज्योतिष शास्त्र अनुसार मेष राशि हुने युवतीहरु धेरै नै भाग्यशाली हुने गर्छन् । यो राशि हुने युवतीलाई धनी पति मिल्ने र पतिले धेरै माया गर्ने बताइएको छ । यो राशि हुने युवतीका पतिले युवतीका कुराहरु मान्ने गर्छन् । त्यस्तै कन्या राशि हुने युवती पनि धेरै नै भाग्यशाली हुन्छन् । यो राशिका युवतीले खोजेको जस्तो पति पाउछन् । कन्या राशि हुने युवतीका पति धनी र सुख दिने खालका हुन्छन् । त्यस्तै मकर राशि हुने युवतीपनि भाग्यशाली हुनछन् ।
यी युवतीहरु आफ्नो मेहनतमा बिश्वास गर्ने खालका हुन्छन् । त्यसैले यी युवतीलाइ पनि माया गर्ने पति मिल्छ । त्यस्तै धनु राशी हुने युवतीले पनि धनी र बुद्धिमानी पति पाउने गर्छन् । धनु राशी हुने युवतीको बैबाहिक जीवन सुखद् हुन्छ ।
The post यी राशि हुने युवती हुन्छन् भाग्यशाली, पाउँछन् धनि र बुद्धिमान श्रीमान् appeared first on eNepal.
]]>The post सामाजिक सन्जालमा चर्चा पाएका यी तीन राउतहरु appeared first on eNepal.
]]>आजकाल चर्चामा हुन या चर्चीत हुन खासै पापड बेल्ने दिन गए। तपाईलाई मनमा लागेको कुरा बोल्दिनु।पलभरमै तपाई भाईरल बन्नु हुन्छ। आज सामाजिक सञ्जालमा यी तीन ‘राउत’को चर्चा चलिरहेको छ । नायिका वर्षा राउतले सरकारबाट जारी गरिएको नयाँ नक्सा र यसबाट उत्पन्न परिस्थितिलाई लिएर दिएको अभिव्यक्तिपछि तीन राउतको चर्चा भएको हो ।
मुलुक विखण्डनको राजनीतिक एजेण्डा बोकेर हिँडेका सिके राउत र प्रहरीमाथि खनिएर अभिव्यक्ति दिएकी नायिका आस्था राउतसँगै जोडेर बर्षा राउतको सामाजिक सञ्जालमा चर्चा र टिप्पणी भइरहेको छ ।
२४ फागुन २०७५ मा सरकार र सिके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमति भयो । स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच ११ बुँदे सहमति भएसँगै सिके राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतनत्रता, स्वाधिनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धता जनाएको छ । साथै अहिले सिके राउत जनमत पार्टी दर्ता गरेर राजनीति गरिरहेका छन् ।
यस्तै गत माघमा विमानस्थलमा ड्युटीमा रहेकी एक महिला सुरक्षाकर्मीलाई लक्षित गरि प्रहरी संगठनविरुद्ध दिएको अभिव्यक्तिले गायिका आस्था राउत विवादमा परिन् । पक्राउ परेर केही दिन प्रहरीको न्यायिक हिरासतमा बसेर गायिका आस्था राउत रिहा भएकी थिइन् ।
सरकारले मुलुकको प्रशासनिक तथा राजनीतिक नयाँ नक्सा जारी गरेको सम्बन्धमा दिएको नायिका आस्था राउतको अभिव्यक्तिलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध गरिरहेका छन् । उनले दुई देशबीचको विवाद वार्ताबाट समाधान गर्नुपर्ने बताएकी थिइन् । यद्यपि उनले यसबारे क्षमायाचना गरेकी सकेकी छन् ।
तर, सामाजिक सञ्जालमा भने सिके राउत, आस्था राउत र बर्षा राउतलाई जोडेर उनीहरुको देशप्रतिको विचाराधारमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
सामाजिक सन्जालबाट साभार
The post सामाजिक सन्जालमा चर्चा पाएका यी तीन राउतहरु appeared first on eNepal.
]]>The post ४८ वर्षअघि हतियारसहित कालापानी पुगेका सिपाहीको कथा appeared first on eNepal.
]]>भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमा ४८ वर्षअघि हतियारसहित जाने नेपाल प्रहरीका एक जना भूतपूर्व असई वीरबहादुर चन्द बैतडीमा भेटिनुभएको छ । २०२९ सालदेखि २०३१ सालसम्म कालापानीमा भारतीय पक्षको गतिविधि नियाल्न दार्चुलाको तिङ्करमा प्रहरी चेकपोस्ट निर्माण गरेर नियमित गस्ती गरेर सीमा रक्षाका लागि खटिनुभएका बैतडीको दशरथ चन्द नगरपालिका–४, का वीरबहादुर चन्द अहिले उमेरले ८१ वर्षको हुनुहुन्छ ।
कालापानी हेर्न तिङ्करमा प्रहरी चेकपोस्ट बनाएको प्रमाणसहित भेटिनुभएका चन्दसँग गोरखापत्रले गरेको कुराकानीः
तपाईले ४८ वर्षअघि नै कालापानी नजिकबाट नियाल्नुभएको छ । आज पनि समस्या उस्तै छ । कालापानीको बारेमा केही बताइदिनुहोस् न ?
भारतले अतिक्रमण गरेको नेपाली भूमि हो कालापानी । त्यसको प्रमाण मालपोत कार्यालय बैतडीबाट पनि लिन सकिन्छ । दार्चुला जिल्लाको मालपोत पहिले बैतडी मालपोतमा बुझाईन्थ्यो । भारतले मिचेका ठाउँको कर तिरेको मोठ बैतडी मालपोतमा अहिले पनि हेर्न सकिन्छ ।
४८ वर्षअघि हतियारसहित कसरी कालापानी पुग्नुभयो ?
तिङ्कर प्रहरी चेकपोस्टबाट छाङरु झरेर हाम्रो नियमित गस्ती हुन्थ्यो । भारतले मिचेको कालापानीमा ४८ वर्ष अघि हतियारसहित जाने पहिलो व्यक्ति म नै हुँ जस्तो लाग्छ ।
कालापानी हेर्ने जिम्मेवारी बोकेर कति वर्ष बस्नुभयो तिङ्करमा ? त्यहाँको वातावरण कस्तो थियो ? आवत जावत गर्न कुन बाटो प्रयोग गर्नुहुन्थ्यो ?
तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले उत्तर र दक्षिणतिरको नेपाली भूमि मिचेर बनेका चीन र भारतका सुरक्षा चौकी हटाएका थिए । तिङ्करमा भएको भारतीय प्रहरी चेकपोष्ट हटाएर त्यहाँ नेपाली सुरक्षा चौकी बनाउने कुरा थियो । त्यहाँ नेपाल प्रहरीको चेकपोष्ट स्थापना गर्न सरकारले त्यो बेला दुई हजार पाँचसय रुपियाँ बजेट दिएको थियो । त्यसले पुगेन । अनि मैले खल्तीबाटै खर्च गरेर भवन बनाउँदा चारहजार आठसय ४८ रुपियाँ लाग्यो । त्यो बेला मेरो तलब ३०४ रुपियाँ थियो ।
तिङ्करमा प्रहरी चेकपोस्ट बनाएपछि भारतले आफूलाई निगरानीमा राखेको रहेछ । त्यसपछि भारतीय बाटो प्रयोग गर्न दिएन । तिङ्ककरमा बाह्रै महिना अत्यन्तै चिसो र हिँउ पर्ने ठाउँ हो । तल छाङरु पर्छ । चिसो छल्न अहिले पनि छाङरु आउने चलन छ ।
कालापानी हेर्ने जिम्मेवारी बोकेर तिङ्कर कसरी पुग्नुभयाे ? केही स्मरण गराई दिनुहुन्छ कि ?
२०२९ सालमा हामी दार्चुला सदरमुकामबाट हिँडेर हुती पुग्यौँ । हुतीबाट दोश्रो दिन राप्ला पुग्यौँ । त्यहाँ स–साना बस्ती थिए । राप्लाबाट तेश्रो दिन हिँडेरै बुदी पुग्यौँ । त्यहाँ कुनै मावनबस्ती थिएन । राति बुदीको ओडारमा बस्यौँ । त्यहाँबाट हिँडेर चौथो दिन छाङरु पुग्यौँ । र, लगातार त्यहीँँ बसेर छाङरुमाथि तिङ्करमा प्रहरी चेक पोष्ट निर्माण गर्यौं ।
तिङ्करबाट कालापानीको गतिविधि कसरी हेर्नुहुन्थो ?
तिङ्कर पुगेपछि हाम्रो नियमित गस्ती भइरहन्थ्यो । तल झेरर हामी छाङरु पनि आउँथ्यौँ । कालापानी र छाङरुको दूरी १२ किलो मिटर छ । गस्तीमा जाँदा भारतीय पक्षले महाकालीमा बनाएको काठका पुल भत्काए दिए । हतियारसहित कालापानीसम्म पुगे । त्यसपछि मलाई भारतीयले निगरानीमा राखेका रहेछन् । दोश्रो पटक भारतीय बाटो प्रयोग गर्न दिएनन् । पास बनाउँन निवेदन दिँदा वीरबहादुर चन्दलाई भारतीय बाटो प्रयोग गर्न अनुमति छैन भनेर निवेदनमै तोक लगाएर फिर्ता पठाइदिए ।
तिङ्करमा ४८ वर्ष अघि नै सुरक्षा चौकी बसेको रहेछ । त्यसपछि त्यहाँ सुरक्षाकर्मीको उपस्थिति फितलो बनेको जस्तो लाग्दैन ?
सही प्रश्न गर्नुभयो । सुरुमा कालापानी समस्या थियो । अहिले त लिपुलेक, लिम्पिया धुरा समेत भारतीय नक्सामा आइसक्यो । मुख्य कुरा कालापानी नै देशलाई सधैँ दुख्ने घाउ बनेको छ । भारतले अहिले त सडक समेत बनाइसक्यो ।
तिङ्कर र छाङरुमा ४८ वर्ष अघिनै १५ जना सुरक्षाकर्मी थिए । अहिलेसम्म त त्यहाँ सुरक्षाकर्मी बढाएर करिब दुईसय हुनु पर्नेमा भएको चौकीमा समेत प्रहरी नबस्दा सीमा मिचिँदै आएको कुरा सत्य हो ।
सरकार र स्थानीय बासीले के गर्नुपर्ला जस्तो लाग्छ यहाँलाई ?
नेपालले समयमै सुरक्षा चौकी र जनशक्ति बढाएको भए यस्तो अवस्था आउने थिएन । कालापानीको समस्या मिडिया र काठमाण्डौँमा मात्र उठ्ने गरेको छ । अखबारमा समाचार आउने बित्तिकै तिङ्कर र छाङरुका नेपालीले भारतीय पक्षबाट झन दुःख पाउने गरेका छन् ।
कालापानी फिर्ता गर्ने कुरा कुटनैतिक छलफल जारी राख्नु पर्छ । त्योभन्दा पहिले सरकारले तत्काल तिङ्करबासीलाई नेपालसित जोड्न सडक पूरा गर्नुपर्छ । भारतमा निर्भर रहेका त्यहाँका नेपालीलाई नेपालसँग जोडेपछि मात्र राष्ट्रियताको भावना जाग्छ ।
सरकारले ढिलो नगरी कालापानी क्षेत्रमाथि निगरानी राख्ने गरी तत्काल सीमा सुरक्षापोस्ट स्थापना गरेर सशस्त्र प्रहरीको एउटा टुकडी नै राख्नुपर्छ ।
गोरखापत्रबाट साभार
The post ४८ वर्षअघि हतियारसहित कालापानी पुगेका सिपाहीको कथा appeared first on eNepal.
]]>The post को सेलिब्रेटी- पूर्वराजा ज्ञानेन्द्र कि केकी-रिमा ? appeared first on eNepal.
]]>सेलेब्रेटीसँग फोटो खिचाइन्छ, अटो लिइन्छ- यो आमचलन हो । तर, कहिलेकाँही फोटोमा को सेलिब्रेटी ? को फ्यान छुट्याउन गाह्रो हुन्छ । यस्तै गाह्रो बनाइदिएको छ एउटा तस्बिरले । तस्बिरमा पूर्वराजा ज्ञानेन्द्र र नेपाली चलचित्रका दुई सेलिब्रेटी केकी अधिकारी र रिमा विश्वकर्मा ठाँटिएर पोज दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र लर्ड अफ ड्रिक्समा रातो र चन्द्र र सूर्य जंगी निशान हाम्रो भन्दै छमछमी नाँचे । कसैले मानोस् या नमानोस् उनी पर्सनालिटी हुन् त्यसैले समाचार बनेका हुन् । तर, यस्तो समाचारलाई जतिसुकै तन्काएर मूलधारमा ल्याउन चाहे पनि त्यो त्यस्तो हुने हैन, पेज थ्री जर्नालिजेमकै वरिपरि घुम्ने हो।
यो प्रसंग थियो, यही प्रसंगसँगै पुच्छ्रे प्रसंगमा नेपाली चलचित्रका दुई सेलिब्रेटी केकी अधिकारी र रिमा विश्वकर्मा जोडिएर आएका छन्। बेलाबेलामा ब्यायफ्रेण्ड भएजस्तो गर्ने र बेलाबेलामा ब्याचलर घोषणा गर्ने यी दुई सेलिब्रेटी पार्टी गर्लका रूपमा पनि ‘नामी’ छन्। अलि पढेका र आो्नो पक्षमा चर्चा चलाउन जान्ने यिनीहरू केही न केही गरेर भए पनि पेज थ्रीमा अटाइरहेकै हुन्छन् ।
बेलाबेलामा ब्यायफ्रेण्ड भएजस्तो गर्ने र बेलाबेलामा ब्याचलर घोषणा गर्ने केकी र रिमा पार्टी गर्लका रूपमा पनि ‘नामी’ छन्। अलि पढेका र आो्नो पक्षमा चर्चा चलाउन जान्ने यिनीहरू केही न केही गरेर भए पनि पेज थ्रीमा अटाइरहेकै हुन्छन् ।
त्यही चरित्रअनुसार नै यसपटक उनीहरू पूर्वराजा ज्ञानेन्द्र पुगेकै बेला लर्ड अफ ड्रिक्स पुगे/पुर्याइए । रमझम गरे। र, अन्तिममा पोज दिएर पूर्वराजा ज्ञानेन्द्रसँगै फोटो फ्रेम पनि सेयर गरे।
त्यसपछि गसिप त बन्ने नै भयो । मानिसहरूले आआफ्नो सोच र कोणअनुसार कसैले उनीहरूका लागि ताली बजाए, कसैले गाली गरे। सार्वजनिक व्यक्तित्व हुँ भनेपछि मानिसहरूले सार्वजनिक रूपमै क्रिया/ प्रतिक्रिया दिन्छन् । यसबारेमा उनीहरू भलिभाती जानकार पनि छन् ।
यसैबीच यो फोटो हेरेर धेरैले प्रश्न पनि गरेका छन् – को सेलिब्रेटी- पूर्वराजा ज्ञानेन्द्र कि केकी-रिमा ? राजावादी भन्छन्- पूर्वराजा ज्ञानेन्द्र । उनीहरू चर्चा कमाउन त्यहाँ पोज दिन पुगे । यिनीहरूलाई थाहा छ के गर्दा चर्चा हुन्छ ?
केकी र रिमाका फ्यानले गुनासो गरे, ‘राजासँग फोटो खिचेर राजाविरोधी फ्यानको ग्राफ घटाए।’ बाँकिका लागि यो एक पानीफोके घटना थियो, आयाराम गयाराम नै भयो ।
The post को सेलिब्रेटी- पूर्वराजा ज्ञानेन्द्र कि केकी-रिमा ? appeared first on eNepal.
]]>The post अस्ट्रेलीयामा नेपाली राजनिती र समाजसेवीको धङ्धङीले श्रीमतीहरु हैरान appeared first on eNepal.
]]>के गर्ने भाई पाँच दिन बुढा बुढीको राम्रोसँग मुख पनि देखिन्न।बुढा बिहानको काम गर्छन आफ्नो रातीको सिफ्ट परेको छ। विकेन्ड त छुट्टी छ यसो बुढा बुढीसँगै बसौ न भन्यो अहँ बुढोको कहिलै फुर्सद भएन। फलानो पार्कमा मिटीङ छ भन्या छ, फलानो ठाउँमा गाला हो कि चड्कन हो डिनर छ भन्या छ दौडिएको छ। फलानो गाएक आउने भन्या छ दौडिएकै छ, आकस्मिक बैठक भन्या छ दौडिएकै छ। फलानो समाजको बार्बेक्यु भन्या छ पुगेकै छ। तातो न भुत्लो “सुको” घरमा आउने होईन समाजसेवा हो भन्या छ कुदेको छ। सामाजिक सन्जालमा फोटो हालेको छ। खै कस्तो दिनमा आईएछ जस्तो लाग्छ यो बिदेश पनि। नेपालमा हुँदा त खासै चासो देखाउँदैन थिए। काम घर गर्थे।
बुढो यो हप्ता त कतै घुम्न जाउँ न काम काम गर्दा गर्दा वाक्क लाग्यो भनेर भनेको झन्डै डाकोले खाएनन्। कहाँ यो हप्ता त झन घुम्न जाने रे। यो हप्ता त जति सकेको सदस्य धेरै बनाउन पर्छ नत्र पुरै समाजबाट बहिस्कार भई हालिन्छ नि रे। मेरो कोटामा कम्तीमा पचास जनालाई सदस्य बनाउने परेको छ। फेरी पद फुस्कि हाल्छ नि। फेरी सँस्थामा मेरो कत्रो साहन छ।
भन्दै थिईन् अस्ती एउटा कार्यक्रममा गएको। बुढा बुढी कती पछि सँगै गएको रमाईलो हुने भयो आज भन्दै। बुढा कता गायब भए केही मेसो पाईएन। साथीसँग हाई हेल्लो गरेर आउछन् होला भन्यो अँह घण्टा बित्यो आएनन्। भरे बुझ्दा त मिटीङमा पो रे।मिल्ने भा त्यहि कठालो समाउ जस्तो भा को थियो तर के गर्नु सहेर बसे नि।
फेरी जोडीन् भन्दा भने जस्तो हुन्छ कि मेरो बर्थडे थियो। सँधै त सर्प्राईज दिन्थे। यसपाली पनि त्यहि आश गरे। बार्ह बजे त मलाई व्ईस् गर्छन होला भनेर सुत्या जस्तो गरे। एक त ढिला आए। किन ढिला भनेर सोधेको साथीहरुले बार्बेक्यु पाटी गरेका रहेछन्। आउँदिन भन्न सकिन, फेरी पछी चाहिने तिनै हुन्। हो त हो भनेर नजानीदो पाराले अर्कातिर सुतेको जस्तो गरे। विस् गर्लान भन्दै बोरु आफै खाएर ठिस् भएका रहेछन्। उठेर गर्लान भनेको फोनमा बोल्दै बाई पनि नभनी काममा मुन्टे।
अस्ती एउटा भेलामा एकजना दाईले भन्दै थिए। बुढीले कसमनै खुवाएकी छिन्। अब यो नै अन्तीम कार्यक्रम हो तिमी जाने। खुरुक्क छुट्टी भएको दिन त घरनै बस्ने हो। तिम्रो समाजसेवाले केही लछारपाटो लाउँदैन। काम न गरी घरको मोर्गेज तिर्न सकिन्न। हैन बुढा दिन रात नभनी मरिहत्ते गर्छौ। कति चाँही कमाएर ल्यायौ हौ बुढा भनेर सोध्दा अक्क न बक्क परे रे। नाम कमाएनी बुढी। सबैले जदौ गर्छन् देखेनौ कमाएको। ए तेसो भए घरको ऋण नि पनि त्यहि जदौलाई तिर्दै भन न त भनेर झण्डै मारिन्।
हो यहि स्थिती छ आझ धेरै समाजसेवीहरुको अस्ट्रेलीयामा। ताई न तुईको राजनिती अनि चुनाब, मिटीङ, भेला र गोष्ठीले हैरान भएका छन् धेरै समाजसेवीका श्रीमतीहरु। नपत्याए सोध्नु होस् त एकचोटी!!!
The post अस्ट्रेलीयामा नेपाली राजनिती र समाजसेवीको धङ्धङीले श्रीमतीहरु हैरान appeared first on eNepal.
]]>The post सलमानको ‘रेस ३’ नहेर्न आमिरलाई फ्यानहरुको यस्तो सुझाव appeared first on eNepal.
]]>गत शुक्रबारबाट प्रदर्शनमा आएको सलमान स्टारर फिल्म रेस ३ नहेर्न आमिरका फ्यानहरुले सल्लाह दिइरहेका छन्। आमिरले सलमानको फिल्म रेस ३ हेर्ने चाहन तीव्र भएको आफ्नो ट्विटर एकाउन्टमा पोस्ट गरेसँगै यस्तो सल्लाह प्राप्त गरेका हुन्।
आमिरले ट्विट गरेका छन्, ‘हाई सलमान, मैले अहिलेसम्म रेस ३ हेरेको छैन। तर मलाई थाहा छ कि फिल्म मलाई धेरै नै मन पर्नेछ। व्यक्तिगत र व्यावसायिक रुपमा धेरैधेरै माया, मलाई फिल्मको ट्रेलर अत्यन्तै मनपर्यो र फिल्मले सारा रेकर्ड तोड्दै ब्लक बस्टर हुनेछ।’
फिल्म हेरिसकेका फ्यानहरुले भने यही ट्विटका आधारमा आमिरलाई रेस ३ नहेर्न आग्रह गरेका हुन्। उनीहरुले रेसका अघिल्ला संस्करणहरु जस्तो उत्कृष्ट रेस ३ नभएको बताएका छन्। कतिपय फ्यानहरुले रेस ३ सुपर फ्लप हुने थाहा पाउँदापाउँदै पनि सलमानको आग्रहमा आमिरले यस्तो स्टाटस लेखेको आरोपसम्म लागाउन भ्याएका छन्।
The post सलमानको ‘रेस ३’ नहेर्न आमिरलाई फ्यानहरुको यस्तो सुझाव appeared first on eNepal.
]]>The post अदिती बुढाथोकीको हट अवतार appeared first on eNepal.
]]>बलिउडमा संघर्षरत रहेकी नायिका अदिती बुढाथोकी नेपाली चलचित्र ‘कृ’ मार्फत नेपाली रजतपटमा भित्रिएकी हुन् ।नायक अनमोल के .सी सँग पहिलो पटक फिल्ममा देखीएपनि अभिनय भन्दा पनि शुन्दरताको कारण बढी चर्चित रहीन् । त्यसैले पनि उनको चर्चा यतिबेला खासै छैन तर बेला बेला उनी लाईमलाईटमा आउँछिन् कारण हो सामाजिक सञ्जालमा पोस्ट गरिएका उनका हट र बोल्ड तस्बिर
The post अदिती बुढाथोकीको हट अवतार appeared first on eNepal.
]]>The post दीपिकाको गाउन, प्रबल गुरुङको डिजाईन appeared first on eNepal.
]]>मुम्बईमा सोनम कपुरको विवाहको चर्चा छ भने न्युयोर्कमा दीपिका पादुकोणको लुकको चर्चा छ। दीपिकाले न्युयोर्कको मेट गाला २०१८ मा आफ्नो सौन्यर्दले सबैलाई मोहित पारिन्। उनी रातो रङको गाउनमा देखिएकी थिइन्।
उनको यो पहिरनलाई निकै मन पराइएको छ। यसअघि पनि दीपिका भेट गालाको हिस्सा भइसकेकी छन्। यद्यपी यसअघि उनको लुकको खासै चर्चा भएको थिएन। तर यो पटक उनले आफ्नो बोल्ड र ब्युटिफूल अन्दाजले सबै आलोचकको मुख बन्द गराउन सकिन्।
दीपिकाले लगाएको सो गाउन निकै राम्रो गरी डिजाइन गरिएको छ। दीपिकाको साइड अफ शोल्डर गाउनलाई प्रबल गुरुङले डिजाइन गरेका हुन्। गाला इभेन्ट पछि दीपिका कान्स फिल्म फेस्टिवलमा सहभागी हुनेछिन्।
The post दीपिकाको गाउन, प्रबल गुरुङको डिजाईन appeared first on eNepal.
]]>The post मलाईकाले खुलाईन् मन पर्ने सेक्स पोजिशन appeared first on eNepal.
]]>बलिउड फिल्म इन्डष्ट्रीमा जसरी सेक्ट ओरियंटेट फिल्महरु बन्ने क्रम बढ्दो छ त्यसरी नै बलिउड कलाकारहरु पनि सेक्सको बारेमा खुलेर बोल्न थालेका छन् ।
हुन त हरेक सेलिब्रेटीहरुको जीवनशैली प्रेम सम्बन्धको बारेमा जान्न हरेक दर्शकहरु उत्साहित हुन्छन् त्यसैले पनि आजभोली टिभी रियालिटी शोहरुमा सेक्स रिलिटेड प्रश्नहरु निकै सोधिने गरिन्छ ।
यसैबीच बलिउडमा आईटम गर्ल र हट मोमकोरुपमा चिनिँदै आएकी मलाइका आरोराले पनि आफने सेक्स लाईफको बारेमा खुलेर बोलेकीछिन् । उनले एक अन्तरवार्तामा बेडमा कुन सेक्स पोजिशन मन पर्छ भनी सोधिएको प्रश्नमा बिना हिचकिचाहट अन टप भनेर जवाफ दिएकीछिन् ।
आफुलाई गमे नाईट , दारी भएको पुरुष र रमाईलो गर्ने पुरुष निकै मन पर्नेसमेत बताईन् । आफनो सेक्स लाईफको बारेमा बताएकी मलाईकाले केही समय अगाडी अरबाज खानसंग डिभोर्स लिएकी थिईन् भने यतिबेला उनको नाम अजुर्न कपुरसंग जोडिएर आउँने गरेको छ ।
साभार
The post मलाईकाले खुलाईन् मन पर्ने सेक्स पोजिशन appeared first on eNepal.
]]>The post बिदेशमा बसिन्जेल मोज गर्ने अनि बिहे गर्ने बेला ईमान्दार, व्यबहारीक केटी चाहिने रे appeared first on eNepal.
]]>बिदेशमा बसिन्जेल मोज गर्ने अनि घर गृहस्थी गर्ने बेलामा चाँहि ईमान्दार, व्यबहारीक अझ भर्जिन केटी चाहिने आजकालका केटाहरुलाई भन्न मन लाग्छ पहिला तिम्रो अनुहार गएर ऐनामा हेर अाफु कति ईमान्दार र सरिफ छु भनेर। अनि भन्न सुहाउँछ कि आफुलाई ईमान्दार र सरिफ कन्या चाहियो भनेर।
ह्या कति गर्नु रमाईलो अव पुग्यो। नेपाल गएर व्यबाहारीक केटी खोजेर बिहे गर्ने। यसरि छछन्नाएर नहिड्ने बरु बिहे गरेर आफ्नो भविस्य उज्ववल बनाउने। अनि बिहे चाँहि कहिले गर्छौ भन्दा गरौला नि बिस्तारै। अलिक बुझेर गर्न पर्यो नि बिहे जस्तो कुरो त। कहाँ अहिले घुमेको र घुमाको जस्तो हो त बैबाहिक बन्धनमा बाँधिनु भनेको।
ए अनि तिमीलाई चाँही मोज गर्नलाई कुनै रोकटोक नहुने अनि के तिमीसँग बिहे गर्ने केटीलाई रोकटोक हुन्छ त।तिमी यता रमाईलो गरि रहँदा तिमीले भनेको जस्तो ईमान्दार केटीले के रमाईलो नगरेकी होलान् र।
आजकाल धेरै बिदेश गएका केटाहरुले गर्ने कुरा हो। अब आफु सोजो भएपो केटी पनि सोजी भेटीन्छ। आफु कस्तो छु पहिला आफुलाई सोध्ने अनि बल्ल अरु माथि कुरा चलाउँदा राम्रो हुन्छ। भलै बिदेश बसेका वा बिदेशको नाम लिने बित्तिकै घर परिवारले पनि हवस् भनेर दिने चलनले पनि यो कुरालाई प्रभाव पारेको छ। आजकाल सोझा र सोझी बनेर हिड्न पनि गार्हो अनि चिन्न पनि गार्हो भएको छ।
The post बिदेशमा बसिन्जेल मोज गर्ने अनि बिहे गर्ने बेला ईमान्दार, व्यबहारीक केटी चाहिने रे appeared first on eNepal.
]]>